'बाजा फेरिए पनि धुन त फेरिँदैन नि'

सेतोपाटी

काठमाडौँ

जुना श्रेष्ठ

परमेश्वर तन्डुकारको गितारप्रति विशेष लगाव थियो, सानैदेखि। पुर्ख्यौली पेसा सांगीतिक क्षेत्र भएका उनको सानो छँदा खेलौना नै गितार हुन्थ्यो। हातमा राम्ररी नअडिए पनि यसको संगीत चिनिसकेका थिए। 

जम्मा १० वर्षका थिए जब उनले गितार बिक्री तथा मर्मतमा बुवालाई सघाउन थाले। त्यो उमेरमै उनी गितार बजाउन पनि सिपालु थिए। यसका रिदम, कर्ड अरूलाई पनि सिकाउँथे।

अहिले परमेश्वर ५१ वर्ष लागे। झन्डै तीन दशक बढीदेखि उनी व्यवसायिक रूपमा गितार सिकाइ, मर्मत तथा बिक्रीमै आवद्ध छन्। असन न्हैकंतल्लामा विगत २० वर्षदेखि 'डल्फिन म्युजिक सेन्टर' सञ्चालन गरिरहेका परमेश्वर गितारसँगै आधुनिक बाजा जस्तै, हार्मोनियम, ड्रम, किबोर्ड पनि सिकाउँछन्। यी बाजाको बिक्री र मर्मतको सेवा पनि पुर्‍याउँछन्।

प्रकाशित मिति: : 2020-08-26 07:45:12

प्रतिकृया दिनुहोस्