फणिन्द्र नेपाल
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जनताको बहुदलीय जनवाद (जबज) को धेरै वकालत गर्नेमध्येका नेता हुन्– उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल । स्थायी समिति सदस्य तथा नेकपाको स्कुल विभाग प्रमुखसमेत रहेका पोखरेल तिनै हुन् जो केपी ओली नेतृत्वको सरकारका मन्त्रीमध्ये विवादमा परिरहनेमा पर्दछन् ।
कोरोना महामारी नियन्त्रणका लागि गठन भएको कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक समेत रहेका पोखरेलका गतिविधि र निर्णय एकपछि अर्को विवादित बन्ने गरेका छन् ।
कोरोना नियन्त्रणका लागि औषधि उपकरण खरिद गर्ने विषयमा होस् वा सेनालाई लकिरका फकिर भन्दै उछितो काढेको विषयले नै किन नहोस् पोखरेल विवादबाट टाढा हुन सकेका छैनन् ।