कोभिडका लागि ९८४ आइसियू र ४९० भेन्टिलेटर, तर सञ्चालन गर्न जम्मा २९ जना विशेषज्ञ

अर्जुन अधिकारी

 

आइसियू र भेन्टिलेटर चलाउन कति जनशक्ति चाहिन्छ भनेर सरकारले अहिलेसम्म अध्ययन गरेको छैन । क्रिटिकल केयर सोसाइटीका पूर्वअध्यक्ष प्राडा सुवास आचार्य भन्छन्– हाम्रो सोसाइटीले आवश्यक जनशक्तिको प्रक्षेपण गरेर दिएको प्रतिवेदन पनि सरकारले दराजमा थन्क्याएको छ ।

कोभिड महामारीका वेला सरकारले पर्याप्त आइसियू भेन्टिलेटर व्यवस्था गरेको छैन भनेर आलोचना भइरहेको छ । तर, भएका भेन्टिलेटर चलाउन पनि जनशक्ति अभाव छ । अहिले देशभरका अस्पतालमा एक हजार आठ सय आठ आइसियू र एक हजार ७० भेन्टिलेटर छन् । तीमध्ये नौ सय ८४ शय्या आइसियू र चार सय ९० भेन्टिलेटर सरकारले कोभिड संक्रमितको उपचारका लागि छुट्याएको छ । तर, ती सञ्चालन गर्ने पर्याप्त जनशक्ति भने छैन ।

प्रकाशित मिति: : 2020-08-25 07:12:12

प्रतिकृया दिनुहोस्