के मास्क धोएर लाउन मिल्छ? दिनदिनै फेर्नुपर्छ कि एउटै लगाइरहे हुन्छ?

सेतोपाटी

काठमाडौं

कोरोना संक्रमणबाट सुरक्षित रहन मास्क लगाउनुपर्छ भन्ने सायद अहिलेसम्म सबैले बुझिसके। तर, मास्क कसरी लगाउने र कस्तो लगाउने भन्नेमा धेरैलाई अन्यौल नै देखिन्छ।

सबभन्दा ठूलो अन्यौल त एन–९५ मास्कले ल्यायो।

सुरूका दिनमा भल्भ भएको एन–९५ मास्क सुरक्षित हुन्छ भनेर धेरैले त्यस्तै लगाए। पछिल्लो समय भने त्यो मास्क कोरोना संक्रमण रोक्न भरपर्दो मानिएन। त्यसले मास्क लगाउने व्यक्ति सुरक्षित रहे पनि ऊ संक्रमित छ भने अरूलाई सुरक्षा नगर्ने कुरा सार्वजनिक भयो। कतिपय व्यक्तिले भित्र सर्जिकल मास्क लगाएर बाहिर एन–९५ लगाएको पनि देखियो।

हामीकहाँ सर्जिकल मास्क वा एन–९५ मास्क दुई–तीन दिन लगातार लगाउने र धोएर फेरि प्रयोग गर्ने चलन पनि छ। के यस्तो गर्नु राम्रो हो?

यति मात्र होइन, कपडाको मास्क लगाउनु ठिक हो कि होइन र आफूलाई संक्रमण नभए पनि मास्क लगाएर हिँड्न किन जरुरी छ भन्ने अन्यौल पनि हामीकहाँ उत्तिकै छ?

यिनै प्रश्न र जिज्ञासाबारे सरुवारोग विशेषज्ञ डाक्टर अनुप सुवेदीले केही दिनअघि सांसद गगन थापासँगको फेसबुक संवादमा जवाफ दिएका छन्।

सबभन्दा पहिला एन–९५ मास्कको कुरा गरौं।

प्रकाशित मिति: : 2020-08-24 23:12:06

प्रतिकृया दिनुहोस्