नेपालमा ४४ जिल्लाका कोभिड संक्रमितको मृत्यु, केन्द्र र प्रदेशको तथ्याङ्क किन बाझ्यो?

पहिलोपोष्ट

काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ। आइतवार मात्र मन्त्रालयले तीन जनाको मृत्यु कोभिड-१९ बाट भएको पुष्टि गर्‍यो।

मन्त्रालयको तथ्यांक १ सय ४९ भए पनि सम्बन्धित प्रदेशका मन्त्रालय र स्वास्थ्य निर्देशनालयको तथ्यांकले मृत्यु हुनेको संख्या १ सय ५४ पुगिसकेको छ।

'जिरो डेथ'को रणनीति लिएको भन्ने सरकारको फितलो व्यवस्थापनका कारण हिजो आज दैनिक कोभिड-१९ का संक्रमितको मृत्यु हुँदै गएको छ। मृत्यु भएका ८ जना भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा समावेश गरिएको छैन।

प्रकाशित मिति: : 2020-08-24 14:56:49

प्रतिकृया दिनुहोस्