'डिजिटलाइजेशन र महिलाको भूमिका'

रातोपाटी

काठमाडौँ

प्रविधिको विकासक्रमसँगै लैंगिक समानता र सहभागिताको कुरा अझ बलियोसँग स्थापित हुँदै गएको छ । पछिल्लो प्रविधिको क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व बढ्दै गइरहेको देखिन्छ । आधाभन्दा बढी जनसंख्या  रहेर पनि विविध कारणले पछि परेका महिलाहरू प्रविधिमा अभ्यस्त हुन सके समाजलाई सकारात्मक प्रभाव पार्ने सरोकारवालाहरूको भनाइ छ ।

भदौ ६ गते 'वुमन इन आइटी' को एसोसिएशनमा आयोजना भएको डिजिटल संवादको १७औं श्रृंखलामा ‘महिला र डिजिटलाइजेशन’ विषयमा बोल्दै प्रविधि क्षेत्रमा संलग्न अग्रणी महिलाहरूले प्रविधिको महत्व र समानताको बारेमा कुरा गरेका थिए । प्रविधि क्षेत्रमा महिलाको सहभागिताले डिजिटलाइजेशन र ज्ञानमा आधारित समाज निर्माणमा सहज हुने धारणा उनीहरूले व्यक्त गरे । प्रविधि क्षेत्रमा कार्यरत १५० बढी महिला तथा पुरुषको सहभागिता रहेको कार्यक्रममा बोल्दै सूचना प्रविधिको क्षेत्रमा उदाहरणीय काम गरेका नेपाली महिलाहरूले आफ्नो अनुभव सेयर गरेका थिए । 

प्रकाशित मिति: : 2020-08-23 18:46:21

प्रतिकृया दिनुहोस्