हो, म ‘आलुजस्तै गायक...’

आयोमेल

काठमाडौं

न मेरी आमाले स्कुल देखेको।
न मेरो बाबाले गीत लेखेको।
काँबाट सिक्नु खै मैले सुरताल।
नगर सवाल...

‘आलु जस्तो गायक’ अर्थात दुर्गेश थापाको गीत हो यो। 

यो गीत रिलिज भएको तीन दिन भयो।

नेपालमा यो गीत लगातार युट्युवको पहिलो ट्रेन्डिङमै छ। 

यो समाचार तयार पार्दासम्म ‘आलु जस्तो गायक’ लाई लाई १० लाख ४६ हजार ७ सय ५१ पटक हेरिएको छ। यस्तै ७ हजार ३ सय ३५ कमेन्ट आएका छन्।

गायक दुर्गेशले गीतमा आफूलाई ‘आलु’ का रूपमा विम्बित गरेका छन्। 

आलु अर्थात् बहुगुणी तरकारी। जेमा पनि फिट भइदिने।

दुर्गेशको सवालमा चाहे त्यो मोडलिङ होस् या गायन नै किन नहोस्।

प्रकाशित मिति: : 2020-08-23 17:30:49

प्रतिकृया दिनुहोस्