आफूले भेटेको मान्छेलाई संक्रमण भयो भने के गर्ने ?

अनलाइनखबर

काठमाडौँ

नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन उच्च गतिमा बढिरहेको छ । शुक्रबार मात्र ८३८ जना कोरोना संक्रमित थपिएका छन् । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार संक्रमितको आधारमा नेपाल विश्वको ६६ औं स्थानमा छ । मृत्युको हिसाबले हेर्दा भने नेपाल विश्वमा ९७ औं स्थानमा छ ।

यसरी संक्रमणको दरसँगै जोखिम पनि उच्च दरमा बढिरहेको छ । कतिपय सामाजिक कामहरूमा निस्कनै पर्ने हुनसक्छ । उच्च जोखिमकाबीच बाहिर निस्कनै पर्ने अवस्थामा कसरी सावधानी अपनाउन सकिन्छ ?

यस विषयमा संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले केही टिप्स दिएका छन् । यो बिहीबार संघीय सांसद गगन थापाले डा. सुवेदीसँग जुम एपमार्फत गरेको कुराकानीको आधारमा तयार पारिएको हो ।

जापान लगायतका मुलुकमा प्रयोग गरिएको ३ सीको सिद्धान्तलाई नेपालमा पनि प्रयोग गर्नुपर्ने सुझाव सुवेदीको छ । अनिवार्य मास्क लगाउनेबाहेक क्राउड अर्थात् भिडमा नजाने, कन्फाइन स्पेस अर्थात् बन्द (अक्सिजन सजिलै आदानप्रदान नहुने) कोठामा २/३ जना मान्छे सामाजिक दुरी कायम गरेरै पनि नबस्ने र तेस्रो सी अर्थात् क्लोज कन्ट्याक्ट ।

क्लोज कन्ट्याक्ट अर्थात् सँगै बसेर चिया खाजा खाँदा एकछिनको लागि मास्क खोल्ने गरिन्छ । यस्तो बेलामा पनि हामीले हाँसो मजाक गर्दा वा ठूलो स्वरले बोल्दा पनि कोरोना सर्ने सम्भावना हुन्छ । त्यसैले केही गरी बाहिर निस्कनै पर्ने भयो भने यसमा ध्यान दिनुपर्ने सुझाव डा. सुवेदीको छ ।

प्रकाशित मिति: : 2020-08-22 17:13:49

प्रतिकृया दिनुहोस्