छैन बहिनी पोहोर जस्तो, यो सालको तीज

कैलाश पौड्याल 

(म्यान्मार)

छैन बहिनी पोहोर जस्तो, यो सालको तीज पनि ।
घरमै बस्नु, ननिस्कनु, भन्ने गाउँछन् गीत पनि ।

जताततै बाटाे बन्द, छिर्ने ठाउँ भेटिन खैँ। 
ससुरालमै हॉसी नाची, मान्दै गर्नु प्रीत छरी ।

यहॉ पनि तिम्री आमा, बाटो हेर्दै बसेकि छिन् 
नबस्नु है माईती सम्झी, ति ऑखामा सीत भरी। 

जन्म लियो महामारी, प्रलयको रूप धरी ।
हाहाकार नै मचाई राछ, यमराजको मीत बनी। 

शान्त होला कुनै दिन, महामारी प्रकोप यो 
लिन आउँला प्यारी तिम्लाई, छदैछन् त रीत पनि। 
                       

प्रकाशित मिति: : 2020-08-22 13:10:57

प्रतिकृया दिनुहोस्