दर्जन एयरलाइन्सले फिर्ता गरेनन् यात्रुको पैसा, नेपालीको ५ अर्ब फसेको अनुमान

रातोपाटी

काठमाडौँ

शंकर अर्याल

चैतको पहिलो सातातिरको समय । चीनको ऊहानमा देखिएको कोरोनाभाइरसको संक्रमण एसिया, मध्यपूर्व, युरोप, अमेरिका हुँदै विश्वभर फैलिसकेको थियो । त्यति बेलासम्म नेपाल भने सुरक्षित नै थियो । कोरोनाको संक्रमण एकजनामा पनि नदेखिएपछि नेपाल कोरोना प्रभावित मुलुकमध्येकै एकमात्र ‘ग्रिनजोन’ मा थियो । 

नेपाल सुरक्षित रहँदा नेपालीको प्रमुख श्रम गन्तव्य मुलुकहरुमा भने महामारी फैलिँदै थियो । यसले गर्दा उद्योग कलकारखाना बन्द भएका थिए । कतिपयको रोजगारी पूर्ण रुपमा छुटेको थियो । कतिपयको तत्कालका लागि काम पाएका थिएनन् । काम छुट्नुको पीडा र नेपालमा देखेको सुरक्षाको कारण त्यो समयमा धेरैले नेपाल फर्किने टिकट काटे । त्योबेला नेपाल फर्किनका लागि सामान्य समयभन्दा निकै बढी टिकट लिएको बताइन्छ ।  तर, महामारी बढ्दै जाँदा एयरलाइन्स कम्पनीहरुले उडान स्थगितको घोषणा गर्न थाले ।

प्रकाशित मिति: : 2020-08-21 18:00:33

प्रतिकृया दिनुहोस्