ट्रोलले जन्माएको ‘आलुजस्तो गायक’ !

ऋषि धमलाले दुर्गेश थापालाई स्वर साम्राट नारायण गोपालको गीत गाउन भने। दुर्गेशले भजन शिरोमणि भक्तराज आचार्यको गीत – मुटु जलिरहेछ… सुनाए।

न ताल मिल्यो न सुरु नै।

थाहा नहुनु र गाउन नजान्नु ठूलै गल्ती रहेछ भन्ने दुर्गेशले बुझे अन्तर्वार्ता सार्वजनिक भएपछि मात्र। अनि दुर्गेश ट्रोलको शिकार बने। जुन उनका लागि सह्य थिएन। तर, सहनुको विकल्प पनि थिएन। अन्तर्वाताको भिडियोहरू मिम पेजको ब्यापार गर्ने विषय बन्यो। व्यक्तिगत खाताबाट भएको आलोचना सेयर हुँदै उनको फेसबुक टाइमलाइनसम्म घुमीफिरी आइरहन्थ्यो। दुर्गेश स्वयंको पोस्ट र भिडियोहरूमा जिस्काउन आउनेहरू पनि उत्तिकै बढ्न थाले।

‘कमजोरीमाथि प्रश्न उठ्छ भन्ने थाहा थियो तर त्यसरी प्रहार हुन्छ भन्ने सोचेको थिइँन,’ दुर्गेश थापाले पहिलोपोस्टसँग भने, 'मैले गल्ती गरेको थिएँ तर गल्तीको सजाय मानसिक प्रहार हुन सक्दैन।'

उनले अन्तर्वातामा आएका नकारात्मक टिप्पणी, व्यङ्ग्य र गाली मात्र हेरेनन्। अग्रज कलाकारहरूले आफ्नो अन्तर्वातालाई लिएर जनाएको आलोचनात्मक प्रतिक्रिया समेत गौर गरेर हेरे। उनको गायनी माथि गायक रामकृष्ण ढकालले भनेका थिए - दुर्गेशजीलाई त्यति थाहा नहुनु नौलो विषय होइन। तर, नजानेको विषयमाथि नबोलेको भए हुन्थ्यो।

संगीतकार आलोक श्रीले भने : एउटा प्रश्नको जवाफ गलत दिनु भयो भन्दैमा उहाँ नराम्रो हो भन्न मिल्दैन। उहाँको आफ्नै स्रोता छन्।

प्रकाशित मिति: : 2020-08-21 15:53:20

प्रतिकृया दिनुहोस्