‘कोरोना ब्याची’ एसईईका विद्यार्थीका नाममा

पहिलोपोष्ट

काठमाडौँ
  • विमल गौतम -

कोरोना ब्याचका प्यारा विद्यार्थी भाइबहिनीहरू, कुशलतको कामना गर्दछु।

अहिले कोरोना महामारीको समय भएकाले तोकिएको नियममा रहेर दैनिक व्यवहार गर्न पनि अनुरोध गर्दछु। खास कुरा त केही थिएन। तपाईँहरूले पढिरहनु भएको नै हो। परीक्षाको तयारी गरिरहनु भएकै थियो। परिस्थितिले साथ दिएन। २०७६ चैत्र ७ गते तपाईँहरूमध्ये कति त परीक्षा केन्द्र पुगिसक्नु भएको पनि थियो होला। महामारीको कारणले परीक्षा स्थगित भयो। अनुकूल समयमा परीक्षा गर्ने भन्दै सरकारले केही समय झुलाइरह्यो। अन्तत: परीक्षा हुन सकेन। विद्यालयबाट पहिल्यै लिइएका परीक्षाका आधारमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को अङ्क दिइने भनेर निर्णय गरियो। कार्यविधि बनाइयो। विद्यालयले तोकिएको कार्यविधि अनुसार नै तपाईँहरूको अङ्क भरेर पठायो। सबै प्रक्रिया पूरा गरेर नतिजा पनि सार्वजनिक भइसकेको छ। तपाईँहरूलाई कक्षा ११ पढ्न बाटो खुलिसकेको छ। नतिजा सार्वजनिक भएपछि विद्यार्थी, विद्यालय र शिक्षक समेतको खिसीटिउरी गर्ने कार्य भइरहेको देखेर भने मलाई उदेक लागेको छ। धेरै विद्यार्थीले राम्रो जीपीए ल्याए भनेर खेदो गरिएको छ। सायद् कुनैबेला न्यून विद्यार्थी पास हुँदा “किन पास भएनन्?” भनेर सोध्नेहरू पनि उनीहरू नै थिए।

प्रकाशित मिति: : 2020-08-21 07:43:56

प्रतिकृया दिनुहोस्