सांसदको छातीमा पुगिसकेको लोगो फिर्ता

डिजाइनर टेकवीर मुखियाले रफ भनेर दिएको लोगोलाई थप बिगारेर फाइनल गरी वितरणसमेत गरियो, विरोधपछि फेरि बनाउन थालियो, प्रयोग भएको सबै खेर जाने भयो, खर्च कसले बेहोर्ने निश्चित भएन

– संघीय संसद्को लोगोमा दुई लाल सुनको जलप र एक तोला चाँदीको बेस लगाइएको छ । प्रतिलोगो पाँच हजार पाँच सय २७ रुपैयाँ खर्च भएको सचिवालयको भनाइ छ ।

.............

संघीय संसद्् सचिवालयले २० लाख खर्चेर बनाएको प्रतीक (लोगो) संघीय सांसदलाई फटाफट वितरण गरेको छ । तर, वितरित लोगोमा विवाद जन्मिएको छ । मुलुकको नयाँ नक्साअनुसार तयार पारिएको लोगो केही सांसदले नलगाउने बताएका छन् । नयाँ प्रतीक चिह्नका डिजाइनर ८७ वर्षीय टेकवीर मुखियाले पनि आफूले सामान्य ‘रफ’ गरेको लोगो संसद् सचिवालयले छानेकामा असन्तुष्टि जनाएका छन् ।

प्रकाशित मिति: : 2020-08-19 09:04:10

प्रतिकृया दिनुहोस्