भागबण्डामा नियुक्ति : के संवैधानिक अंगहरुले स्वतन्त्रता गुमाउनै लागेका हुन् ?

रातोपाटी

काठमाडौँ

फणिन्द्र नेपाल

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेता एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच संवैधानिक अंगहरुको रिक्त पदमा नियुक्तिका लागि छलफल चलिरहेको छ । उक्त छलफल संवैधानिक अंगहरुलाई स्वतन्त्र र निष्पक्ष तुल्याउने चिन्तनमा केन्द्रित भएको भने होइन । संवैधानिक अंगका रिक्त पदमध्ये प्रतिपक्षले कति सिट पाउने र कुन–कुन सिट कसरी बाँडफाँट गर्ने भन्ने सन्दर्भमा उनीहरुबीच छलफल भएको हो ।

संवैधानिक अंगमा लामो समयदेखि यसरी नै भागवण्डाका आधारमा नियुक्ति हुँदै आएको छ । संविधानतः स्वतन्त्र भनिएका त्यस्ता निकायमा दलीय भागबण्डामा हुने नियुक्तिले स्वतन्त्रता नै गुम्ने र अन्त्यमा संवैधानिक संस्था नै ध्वस्त हुने खतरा रहने सरोकारवालाहरु बताउँछन् । उनीहरु त्यस्ता निकायमा नियुक्तिका लागि दलीय भागवण्डा अन्त्य गर्न पहल गर्नुपर्ने जोड दिन्छन् ।

प्रकाशित मिति: : 2020-08-19 08:56:08

प्रतिकृया दिनुहोस्