किसानको विश्वास गुमाउँदै सरकार

‘माक्र्सवादी चिन्तक’ नेकपाका नेता घनश्याम भुसाल आमसमुदायमा लोकप्रिय छन्। आफ्नै पार्टी नेतृत्वले गरेका गलत कामको आलोचना गर्ने भुसाल अहिले आफू कृषि मन्त्री हुँदा पनि रासायनिक मलको जोहो गर्न नसकेर आलोचित भएका छन्। मलको जोहो गर्न नसक्दा अन्ततः सरकारले किसानको जनविश्वास गुमाएको छ।  

किसानले धान रोप्दा त मल पाएनन् नै। धान गोडमेल गर्ने बेला पनि देशभर युरिया मल हाहाकार छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको प्रमुख समस्यामा ध्यान दिन नसक्दा धानको उत्पादन घट्ने देखिन्छ।  

यो वर्ष समयमा ९८ प्रतिशतमा रोपाइँ भएको थियो। राम्रो वर्षा भएकाले मलको व्यवस्थापन गर्न सके मुलुककै आर्थिक वृद्धिमा पनि टेवा पुग्थ्यो। किसानले धान रोप्दा र गोडमेल गर्दा रासायनिक मल पाउन सकेका छैनन्। यसबाट कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा २७.८ प्रतिशत योगदान रहेको कृषि क्षेत्र उपेक्षामा परेको छ।  

प्रकाशित मिति: : 2020-08-19 08:54:36

प्रतिकृया दिनुहोस्