यस्तो छ काठमाडौँ महानगरका बत्तीसै वडामा कोरोना संक्रमणको अवस्था

नेपाल खबर

काठमाडौँ

मणि दाहाल

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय काठमाडौँमा सबैभन्दा बढी कोरोना संक्रमित देखिन थालेका छन्।

देशभर कुल संक्रमितमध्ये करिब एक तिहाइ उपत्यकाभित्रकै छन्। त्यसमा पनि काठमाडौँ महानगरभित्रका कोटेश्वर, बालाजु, बालुवाटार, घट्टेकुलो, भोटाहिटी, महाबौद्ध, शान्तिनगर, असन, बालुवाटार, कलंकी क्षेत्रमा तुलनात्मक रुपमा बढी संक्रमित भेटिएको महानगरपालिकाका स्वास्थ्य सेवा विभागले जनाएको छ।

महानगरपालिकाका वडा नम्बर १८ बाहेक सबै वडामा संक्रमित भेटिएका छन्। महानगरका ३२ वटै वडामा संक्रमणको अवस्था कस्तो छ त?

 

प्रकाशित मिति: : 2020-08-19 08:03:16

प्रतिकृया दिनुहोस्