फिल्म 'दंगल'मा झै छोरीलाई गोल्डमेडलिस्ट बनाउने खेलाडी बुबाको सपना...

पहिलोपोष्ट

काठमाडौँ

मुकुन्द घिमिरे

'बापु हानिकारक हे, सेहद के लिए...'

यो गीत हो बलिउड फिल्म दंगलको। फिल्मको कहानी पनि रोचक छ। महावीर फोगट (आमिर खान)ले आफूले स्वर्ण पदक नजिते पनि छोरीहरुलाई देशका लागि पदक जिताउने महत्वकांक्षाका साथ 'दंगल' मा पठाउन संघर्ष गर्छन्। धेरै संघर्ष तथा आरोहअवरोह पछि उनका छोरीले पदक पनि जित्छन्।

एउटा बाबुले छोरीहरुलाई खेलाडी बनाउन कति दु: ख गरेको हुन्छ? फिल्ममा दर्शाइएको छ। छोरीलाई आफूसँगसँगै खेलाडी बनाउने अठोट लिन चुनौती कति हुन्छ पितृसत्तात्मक समाजमा? 'दंगल' को परिवेश त्यही हो।

दामोदर बुढामगरको कथा पनि मिल्दोजुल्दो छ दंगलसँग।

प्रकाशित मिति: : 2020-08-19 07:57:48

प्रतिकृया दिनुहोस्