त्यो ऐतिहासिक नेपाल–चीन सिमाना सन्धि

राजकुमार गजुरेल

नेपाल दुई ढुंगाको तरुल भनेर राजा पृथ्वीनारायण शाहले  १९० वर्षअघि नै परिभाषित गरेका थिए। आज हामी नेपाली यी दुई शक्तिशाली देशका बीचमा छाैं। चीन र भारतसँग नेपालको ऐतिहासिक सम्बन्ध छ। भारतसँग नेपालको खुला सिमाना छ भने चीनसँगको सीमा त्यस्तो छैन।  

नेपाल र चीनबीच सदियौंदेखि सम्बन्ध छ। यी दुई देशबीच कुनै बेला युद्धसमेत भएको थियो भने आपसमा सहयोग आदानप्रदान पनि भइरहेको छ।

सन् २०१४ सेप्टेम्बरमा चीनका राष्ट्रपति सी चिनफिङ भारत भ्रमणमा गएका बेला भारत र चीनबीच कैलाश–मानसरोवर यात्रीको सहजताका लागि नेपाल, भारत र चीनको त्रिदेशीय सीमा लिपुलेकबाट नाका खोल्ने सहमति भएको थियो।

सन् २०१५ मे १५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमण गएका बेला भारत र चीनबीच लिपुलेक/च्याङ्ला भञ्ज्याङलाई व्यापारिक नाका बनाउने सम्झौता गरेका थिए।

यो सम्झौतापछि नेपालले चीन र भारतलाई लिपुलेक/च्याङ्ला भञ्ज्याङलाई आफ्नो भूभाग भएको जानकारी दिँदै कूटनीतिक नोट पठाएको थियो। जब भारतले २०१९ अक्टोबरमा आफ्नो राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा, नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी पनि समेटेर जारी गर्यो त्यसपछि नेपाल र भारतबीच सीमा विवाद चर्कियो।  

त्यसप्रति तीव्र विरोध जनाउँदै नेपालले पनि गत जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्यो।  

अतिक्रमित भूभागबाहेक नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो भने नयाँ नक्सा जारीपछि नेपालको कूल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्गकिलोमिटर कायम भएको छ।

प्रकाशित मिति: : 2020-08-18 16:01:54

प्रतिकृया दिनुहोस्