स्वदेश फर्किनेले एक हप्ता राजधानीमा बस्नैपर्ने, रातको १० हजारसम्म तिर्नुपर्ने गरी तोकिए होटल (सूचीसहित)

उजिर कार्की

काठमाडौं

सरकारले विदेशबाट उद्धार उडानमार्फत स्वदेश फर्किने श्रमिकलाई एक हप्ता राजधानीमा बस्नैपर्ने बाध्यकारी नियम लगाएको छ।

विदेशमा रोजगारी गुमाएर अलपत्र परेका श्रमिकलाई नै तिराउने गरी तय गरिएका राजधानीका होटलको एक रातकाे मूल्य अधिकतम १० हजारसम्मका तोकिएको छ।

वैदेशिक रोजगारीबाट फर्किने नेपाली श्रमिकले एक हप्ता होटलमा बस्नैपर्ने बाध्यात्मक नियम लगाएको सरकारले राजधानीका होटलको सूची तयार पारेको हो। जसमा एक रातको कम्तिमा ३ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म पर्छ।

विदेशबाट फर्किने नेपालीले ५ देखि ७ दिनसम्म काठमाडौंका होटलमा बस्नुपर्ने सरकारको पछिल्लो निर्णय छ।

श्रमिक होटलमा बस्न तयार नभएकै कारण कोरोना संकट व्यवस्थापन समितिले तय भइसकेका उडान समेत स्थगित गर्न पत्र पठाएको छ। सीसीएमसीको पत्रपछि मंगलबार हुने भनिएका उडान समेत रोकिएका छन्।

प्रकाशित मिति: : 2020-08-18 09:33:05

प्रतिकृया दिनुहोस्