कोरोना संक्रमितको घरमा छिमेकीको ताला !

अनलाइनखबर

भक्तपुर

विश्वास खड्काथोकी

 

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेको भन्दै स्थानीय जनप्रतिनिधिले मध्यपुर थिमि नगरपालिका सिल गरेका छन् । सडकमा फाट्टफुट्ट निजी र सार्वजनिक गाडी गुडे पनि घरका ढोका र पसलका सटरहरू बन्द देखिन्छन् । नगरपालिकाले आइतबार बिहानबाट ग्यास, खाद्यान्न र औषधिका पसलहरू समेत बिहान ११ देखि १ बजेसम्म खोल्न भनेको छ ।

नगरको निर्णयका कारण सर्वसाधारण मात्र होइन, कोरोना संक्रमण पुष्टि भएकाहरू पनि आफ्नै घरमा ‘लक’ भएका छन् । नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत भागिरथ अधिकारीका अनुसार अहिले चार जना संक्रमित अस्पतालमा छन् भने ३२ जना होम आइसोलेसनमा बस्न बाध्य छन् ।

प्रकाशित मिति: : 2020-08-17 20:55:03

प्रतिकृया दिनुहोस्