विद्युत प्राधिकरणले कमायो ११ अर्ब

प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान

नेपाल विद्युत प्राधिरणले गत आर्थिक वर्षमा ११ अर्ब खुद नाफा कमाएको छ । प्राधिकरण सञ्चित नाफा पनि झन्डै ५ अर्ब रहेको छ ।

विद्युत् प्राधिरकण नेपालका संस्थाहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान हो । योभन्दा तीन वर्षअघि सम्म घाटामा रहेको प्राधिरणले यो वर्ष भने सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थानको गौरवपूर्ण इतिहास बनाउन सफल भएको छ ।

३५ औं वार्षिक उत्सवको अवसरमा प्राधिकरणले सोमबार आर्थिक वर्ष २०७६/७७ मा करिब ११ खर्ब खुद नफा कमाएको सार्वजनिक गरेको हो । केही वर्षयता मुलुकले व्यहोरिरहेको दैनिक १४ घण्टाभन्दा बढीको लोडसेडिङ अन्त्य गरेको मात्रै छैन, आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड खुद घाटा बेहोरेको प्राधिकरण त्यसको ठीक ५ वर्षमा मुलुककै सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान भएको छ ।

त्यसो त विद्युत प्राधिकरणले त्यसयता लगातार नाफा गर्दै आएको छ । प्राधिकरणले प्रतिबद्धता आर्थिक वर्ष २०७२/७३ मा ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरण २०७६/७७ मा करिब ५ अर्ब सञ्चित नाफा कमाउन सफल भएको जनाएको छ । गत वर्ष आयात २२ प्रतिशतमा सीमित भएको र आगामी वर्ष ५ देखि १० प्रतिशतमा सीमित हुने प्राधिकरणले प्रतिवद्धता जनाएको छ ।

प्राधिकरणले २०७२/७३ मा ३१ लाख ५० हजार युनिट विद्युत् निर्यात गरेकोमा गत आर्थिक वर्षमा १० करोड ७० लाख युनिट विद्युत् निर्यात गरेको छ । केही वर्षभित्रमै विद्युतमा आत्मनिर्भर भई नेट निर्यात सुरु गरिने प्राधिकरणको प्रतिवद्धता छ ।

प्रकाशित मिति: : 2020-08-17 17:21:51

प्रतिकृया दिनुहोस्