लकडाउन नहुँदा 'बाउन्स ब्याक'को अपेक्षा जुन अब बिस्तारै धर्मराउँदैछ

पहिलोपोष्ट

काठमाडौँ

प्रवीण रानाभाट

ठप्प कारोबारमा आशाका पालुवाहरु पलाउँदै थिए। १ सय २० दिन लामो लकडाउनले भयको डेरामात्र जमाएन, नराम्ररी अत्यायो। सरकारले क्रमश: लकडाउन खुला गर्‍यो र तोक्यो रेस्टुराँ संचालनका लागि मापदण्ड। विश्वभर नै यस्तै हाल छ भन्दै चित्त बुझाउने बाहेक उनीहरुसँग कुनै उपाय थिएन। चार महिना लामो बन्द बेहोरेका उनीहरु अब भने व्यवसायमा 'बाउन्स ब्याक' हुने अपेक्षमा थिए।

ठप्पजस्तै रहेका ठूला बसहरु सडकमा गुड्न थाले। मानिसहरुको गतिविधि पनि बाक्लिँदै गयो। ताल्चा लागेका रेस्टुराँ खुल्न थाले। बन्द भएका तारे होटेलका गेटहरु पनि खुल्न थाल्यो। ठाउँ ठाउँमा लेखेकै देखिन थाल्यो - रेस्टुराँ खुला छ।

महिनौंसम्म बन्द बेहोर्नु सहज होस् कसरी? एकातिर भएका वस्तु खेर गइरहे। अर्कातिर भाडा तिर्नुपर्ने वाध्यता जिवितै रह्यो। साउन १५ गतेदेखि होटल व्यवसाय संचालनमा ल्याउन दिने सरकारी निर्णयसँग जोडियो सुरक्षा मापदण्ड। त्यसैलाई आधार बनाएर रेस्टुराँमा खाना मगमगाउन सुरु भयो। धेरै दिन थुनिएका मानिसहरुले स्वाद फेर्न पनि पाए।

प्रकाशित मिति: : 2020-08-17 16:32:44

प्रतिकृया दिनुहोस्