तीन कठ्ठा जमिनका लागि तीन बिघा सकियो तर जाकिरले पाएनन् न्याय

प्रकाश न्यौपाने

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ (साबिक टिकुलीगढ गाविस–४) का जाकिर मुसलमानले २०३० सालमा स्थानीय बलभद्र जोशीसँग ३ कठ्ठा जमिन किने।

साबिक कित्ता नं. २४४ बाट जाकिरसँगै देवीदत्त पौडेल, बीरबहादुर खत्री, रामसुरत केवट र जयलाल सुवेदीले ८ बिघा १५ कठ्ठा ७ धूर जमिन किनेका हुन्। बलभद्रसँग जाकिरले प्रतिकठ्ठा एक हजारमा जमिन किनेको उनले बताए। सगोलमा किनेर कित्ताकाट गर्दा जाकिरको भागमा कित्ता नं. ३७६ को ३ कठ्ठा जमिन पर्यो।

त्यसैमा झुपडी बनाएर बसे। अहिले करिब ७ वर्षअघि सोही जमिनको एकतर्फ पक्की घर बनाएका छन्। जमिन किनेको २३ वर्षपछि २०५३ सालमा वीरबहादुरको छोरा लालबहादुरले नापीमा आएर एकलौटी नक्सा संशोधन गरेर जाकिरलाई तिम्रो जमिन यहाँ होइन, देवीदत्तको घर भएको कित्ता नं. ३७४ मा पर्छ। यो ठाउँ खाली गर भनेर दबाब दिए।

प्रकाशित मिति: : 2020-08-17 16:14:17

प्रतिकृया दिनुहोस्