कालोपत्रे निर्माणको १ महिनामै सीमा सडकका ठाउँठाउँमा भ्वाङ

लखन चाैधरी

कैलालीमा भएको सीमा सडक कालोपत्रे निर्माणको १ महिनमै सडकमा दरार फाट्न र भ्वाङ पर्न थालेको छ ।

कैलाली जिल्लामा निर्माणाधीन नेपाल–भारत सीमा जोड्ने सडक खण्डमा कालोपत्रे गरेको १ महिना नबित्दै ठूला–ठूला दरार फाट्न थालेका छन् ।

निर्धारित समयभन्दा निकै ढिलो गरी निर्माण भइरहेको सडक गुणस्तरहीन समेत बनेको छ । सडक छोटो समयमै भत्किन थालेपछि स्थानीय चिन्तित छन् ।

कैलारी गाउँपालिका–३ खोनपुरका स्थानीय लहानु चौधरीले ठेकेदारले आफूहरूको सल्लाहलाई बेवास्ता गरी निर्माण गरेपछि जेठमा सम्पन्न भएको कालोपत्रे असारमै भत्किएको जानकारी दिए । उनका अनुसार ठेकेदारले सडकमा माटो पटान गरेको तर सडकको ‘लेयर’ अनुसार ‘कम्पेक्सन’ नपुगेपछि १ महिनामै भत्किएको छ ।

प्रकाशित मिति: : 2020-08-17 14:53:10

प्रतिकृया दिनुहोस्