दिनदिनै संक्रमण बढिरहेको काठमाडौं भित्रिने नाकामा के हुँदैछ?

सेतोपाटी

काठमाडौँ

खिलानाथ ढकाल

लकडाउन आंशिक रूपमा खुकुलो पार्दै भदौ १ गतेबाट लामो दूरीका सवारीसाधन र अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य सरकारको थियो।

तर, काठमाडौंमा कोरोना संक्रमितको संख्या अत्याधिक बढ्न थालेपछि सरकार पूर्वघोषणाबाट पछि हट्यो।

अब अन्तर्राष्ट्रिय उडान र लामो दूरीका सवारीसाधन कहिले सञ्चालन हुन्छन्, टुंगो छैन।

काठमाडौंका तीन नाकामा गत साउन ११ देखि १६ गतेसम्म गरिएको परीक्षणमा कोरोना संक्रमित अत्याधिक देखिएपछि गृह मन्त्रालयले ती तिनै नाका बेलुका ७ देखि बिहान ७ बजेसम्म बन्द गर्ने निर्णय गर्‍यो।

स्वास्थ्य मन्त्रालयका अनुसार ती तिनै नाकामा अस्थायी रूपमा स्वाब संकलन गरिएको थियो।

परीक्षण रिपोर्टअनुसार भक्तपुर नाकामा परीक्षण गरिएका ३५८५ मध्ये १४ जनामा संक्रमण देखियो। नागढुंगामा ६ हजार ६४ जनाको परीक्षण गर्दा १६ जनामा र फर्पिङमा एक हजार जाँच गर्दा ११ जनामा संक्रमण देखियो।

यही रिपोर्टका आधारमा लामो दूरीका सवारीसाधन चलाउन सरकार हच्केको थियो।

‘फर्पिङ नाका त एकदमै हाई रिस्क देखियो, एक हजार जनाको परीक्षण गर्दा ११ जना अर्थात् प्रतिसयमा एक जना संक्रमित देखिए,’ मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने, ‘तुलनात्मक रूपमा भक्तपुर नाका पनि असुरक्षित देखियो।’

प्रकाशित मिति: : 2020-08-17 14:48:23

प्रतिकृया दिनुहोस्