काेराेनाभाइरस (कोभिड- १९) महामारीका कारण अर्थतन्त्र शिथिल बनेको छ ।
अहिलेको यस्तो अर्थतन्त्रलाई माथि उकास्न, पुनरुत्थान गर्न सरकार, निजी क्षेत्र तथा नागरिक समाज सँगसँगै मिलेर अगाडि बढ्नुको विकल्प छैन ।
विशेष गरी सरकारले महामारीले ग्रस्त अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उत्पादन बढाउने, सरकारी खर्च बढाउने र नीतिगत सुधार गर्ने जस्ता काम गर्नुपर्छ, यी तीन वटै कुराहरू सँगसँगै लान सकेमा कोभिड– १९ को महामारीले सिर्जना गरेको शिथिलताबाट मुक्ति पाउन सकिन्छ ।