अभिनेता सञ्जय दत्त आइतबार फेरि मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना भएका छन्।
उनलाई केही समयको परीक्षणपछि डिस्चार्ज गरेको अस्पतालले जानकारी दिएको छ।
६१ वर्षीय सञ्जय गत शनिबार बहिनी प्रिया दत्तसँगै कोकिलाबेन अस्पतालमा देखिएका थिए।
सञ्जय हाल फोक्सोको क्यान्सरको एडभान्स चरणमा छन्। उनी ८ दिनमा दोस्रो पल्ट लीलावती अस्पताल पुगेका हुन्।
गत अगस्ट ८ मा स्वास फेर्न अफ्ठेरो भएपछि उनी अस्पताल भर्ना भएका थिए। उनको कोभिड–१९ को परीक्षण पनि भएको थियो।
तर, रिपोर्ट नेगेटिभ आएको थियो। उनी १० अगस्टमा अस्पतालबाट डिस्चार्ज भएका थिए।
सञ्जयले थप उपचारका लागि सरकारसँग अमेरिका जाने अनुमति मागेका छन्। कोरोनाको कारण अमेरिका जान सम्भव नभए उनी सिङ्गापुर जाने तयारीमा छन्।