विश्व नम्बर दुई हालेपलाई ‘प्राग’ ओपन टेनिसको उपाधि

रोमानियाकी सिमोना हालेपले प्राग ओपन टेनिसको उपाधि जितेकी छिन्।

चेक रिपब्लिकको प्रागमा भएको फाइनलमा हालेपले एलिस मेर्टेन्सलाई पराजित गर्दै हालेपको यो वर्षको दोस्रो उपाधि जितेकी हुन्।

विश्व नम्बर दुई हालेपले बेल्जियमकी मेर्टेन्सलाई ६-२ र ७-५ ले हराइन्।

२८ वर्षीया हालेप प्राग ओपन जित्ने दोस्रो शीर्ष वरीयता प्राप्त खेलाडी हुन्। 

यसअघि कारोलिना प्लिस्कोभाले २०१५ मा प्राग ओपन जितेकी थिइन्।

प्रकाशित मिति: : 2020-08-17 05:59:04

प्रतिकृया दिनुहोस्