सार्वजनिक यातायातमा लापरबाही : भाडा वृद्धि गर्न व्यवसायी एकमुख, तर मापदण्ड पालना गर्न अटेर, नियामक निकाय मूकदर्शक

भाेजराज भण्डारी

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले विभिन्न उपाय अवलम्बन गरेको जनाएको छ र व्यवहारमा पनि केही अपनाएकोजस्तो देखिएको पनि छ । 

यसको संक्रमण फैलिन नदिने मुख्य उपायका रूपमा विश्वभर भौतिक दूरी कायम गर्नुलाई प्रभावकारी मानिएको छ । 

विभिन्न अनुसन्धानबाट यो पुष्टि पनि भइसकेको छ । त्यसैले नेपालमा पनि भौतिक दूरी कायम गर्न विभिन्न उपाय अपनाइएको छ । सम्भावित जोखिमले भरिएको त्यस्ता क्षेत्रलाई पूर्ण बन्द तथा आंशिक कडाइ गरिएको छ । 

तर, सार्वजनिक सवारीसाधनको सञ्चालनपछि कोरोना ती सवारीसाधनबाट नै फैलने खतरा त बढेको छैन ? 

हो, सार्वजनिक सवारीसाधान खोल्नुअघि विभिन्न मापदण्ड बनाइएको भए पनि उक्त मापदण्डहरूको पाना शून्यप्राय अवस्थामा छ । 

व्यवसायीहरूले सवारीसाधन सञ्चालनका लागि भाडा बढाउन ठुलो सौदाबाजी गरे । र भाडा बढाएर नै सवारीसाधन खोले पनि । तर, उनीहरू कोरोना संक्रमण फैलिन नदिन तयार पारिएको र आफैँले स्वीकार गरेको मापदण्ड पालना गर्न उदासीन मात्र होइन पूरै बेवास्ता गरेर हिँडेका छन् ।

प्रकाशित मिति: : 2020-08-16 16:28:45

प्रतिकृया दिनुहोस्