६ वर्षमा सिन्धुपाल्चोकले भोगेका ठूला ६ विपत्ति

सरिशा अछामी

सिन्धुपाल्चोकमा विगत ६ वर्षदेखि बाढी, पहिरो, भूकम्प र सडक दुर्घटना जस्ता ठूला विपद्‍बाट तीन हजार आठ सय ३३ जनाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकले विगत ६ वर्षदेखि एकपछि अर्को प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति व्यहोरेको छ। २०७१ साल यता ६ वर्षको अवधिमा बाढी, पहिरो, भूकम्प, हेलिकप्टर र सडक दुर्घटनामा परेर तीन हजार आठ सय ३३ जनाको निधन भएको छ भने करोडौंको भौतिक क्षति भएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार पछिल्लो समय एकपछि अर्को विपदका कारण सिन्धुपाल्चोकले मानवीय र भौतिक दुवै क्षति खेप्दै आएको छ।

‘प्राकृतिक प्रकोपबाट बच्न  र दुर्घटनाको समस्या समाधान गर्न सकिएको छैन’, ढकालले भने, ‘एकपछि अर्को विपद् सिन्धुपाल्चोकले भोग्ने गरेको छ। अब नयाँ ढंगले सोच्नुपर्ने बेला आयो।’

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार विपदका घटना बढ्न थालेपछि जिल्लाका प्रत्येक नगरपालिकालाई विपद व्यवस्थापनका लागि तयार रहन अनुरोध गरिएको छ। ‘आपतकालीन समयमा हुने विपदमा सुरक्षा अपनाउन सकिन्छ।  तर, नियन्त्रण गर्न सकिँदैन’, उनले भने, ‘त्यसैले हामीले अब जिल्लाको गम्भीर अध्ययन गरेर अघि बढ्नुपर्ने सुझाव केन्द्रलाई दिएका छौँ।’

 

प्रकाशित मिति: : 2020-08-16 12:32:27

प्रतिकृया दिनुहोस्