सरकारले आर्थिक पाटोलाई किन नबुझेको ?

बाह्रखरी

काठमाडौं

डा. गोविन्दराज पोखरेल

कोरोना भाइरसको संक्रमण समुदायमा कहाँ पुग्यो, कहाँ पुगेन थाहै भएको छैन । सबैतिर फैलिएको छ । त्यसैले सबैभन्दा पहिले परीक्षण नै बढाउनुको विकल्प छैन । विशेषगरी उद्योग, कारखानामा काम गर्ने मान्छे, यातायातमा काम गर्ने मान्छे, सामान ढुवानी, जलविद्युत् परियोजना निर्माण, सडक पूर्वाधार निर्माणलगायत उत्पादनमूलक क्षेत्रमा काम गर्ने कामदार र उनीहरूमा आश्रित परिवारका सदस्यको कोरोना परीक्षण गराउनुपर्छ । परीक्षण गर्दा उनीहरूमा संक्रमण छैन भने सुरक्षित गरिएकाले निर्माणका काममा लाग्न भन्नुपर्छ । परीक्षणको रिपोर्टका आधारमा उत्पादन, ढुवानी र निर्माणमा संलग्न हुन्छन् । त्यसैले मुख्य कुरा परीक्षण हुनुप¥यो । 

जोखिममा देखिएकाको परीक्षण त गर्न परिहाल्यो । त्यसबाहेक पनि उत्पादनशील क्षेत्रमा संलग्न हुनेहरूको परीक्षण गराएर उनीहरूलाई उत्पादन काममा निरन्तरता गर्न लगाउनुपर्छ । जस्तो सडक निर्माण संलग्न कामदारको परीक्षण गर्दा कोरोना पोजेटिभ भयो भने तिनको परिवारलाई पनि परीक्षण गर्नुपर्यो । यदि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ पाइएकाहरूलाई स्वास्थ्य सुरक्षाका सावधानीका उपाय अवलम्बन गराएर काममा लगाउनुप¥यो । 

प्रकाशित मिति: : 2020-08-16 07:34:34

प्रतिकृया दिनुहोस्