भारतीय क्रिकेटर रैनाद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

बिएल संवाददाता

नयाँ दिल्ली

भारतीय क्रिकेटर सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।  पूर्व कप्तान महेन्द्र सिंह धोनीले सन्यास घोषणा गरेको केही समयपछि नै रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट आफूले पनि धोनीकै बाटो अंगाल्ने बताएका हुन्।

सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट गर्दै रैनाले सन्यास घोषणा गरेका हुन् । ३३ वर्षीय ब्याट्सम्यान रैनाले सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका थिए ।

रैनाले भारतका लागि १९ टेस्ट, २ सय २६ एकदिवसीय र ७८ टी-ट्वान्टी खेलेका छन् । भारतका लागि टेस्टमा रैनाले ७ सय ६८ रन बनाउँदा एकदिवसीयमा ५ हजार ६१५ र टी-ट्वान्टीमा १६ सय ५ रन बनाएका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि रैनाले आइपिएल क्रिकेट भने खेल्ने छन्। इन्डियन प्रिमियर लिग (आईपीएल) मा रैनाले धोनीकै टिम  चेन्नई सुपर किङ्सबाट खेल्ने गर्छन्।

प्रकाशित मिति: : 2020-08-15 21:11:12

प्रतिकृया दिनुहोस्