‘मन्त्रीको अभद्र व्यवहारका कारण सुब्बा पदबाट राजीनामा दिएको थिएँ'

रातोपाटी

काठमाडौँ

 

कुवेर गिरी 

साहित्यकारका रूपमा समेत परिचित गोपीनाथ मैनाली हाल नेपाल सरकारका महालेखा नियन्त्रक हुन् । साहित्य र प्रशासनका बेग्लाबेग्लै धार लिएर हिँड्ने व्यक्तित्वका रूपमा परिचित उनी प्रशासकीय संरचनामा दक्षता र सिद्धान्तनिष्ठता व्यक्तित्व पनि हुन् । एउटै घरका ४ जना नेपाल सरकारको सचिव रहेकोमा मैनाली एक हुन् । मैनाली विधि, पद्धति, नीति, सिद्धान्त र आदर्शमा सम्झौता नगर्ने प्रशासकको रूपमा समेत परिचित छन् । साहित्यको फाँटमा उनको अत्यन्त संवेदनशील, सरल, विनम्र, मृदुभाषी व्यक्तित्व परिचय बनेको छ । उनै मैनालीका जीवनका विभिन्न पाटाहरू रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमाः
मेरो खाना 
मेरो स्पेसल खाना यही भन्ने छैन । ताजा र सफा सबै प्रकारको मनपराउँछु । पहिले पहिले सानोमा चाहिँ रेस्टुरेन्ट जानपाए हुन्थ्यो जस्तो फिलिङ्स हुन्थ्यो । अहिले जान मनपर्दैन । किनभने रेस्टुरेन्टको खाना मलाई मनपर्दैन । रेस्टुरेन्टका म कफी, ब्वाइल मकै र भेजिटेबल आइटमहरू लिन्छु ।
आफैले खाना बनाउनु परेको बेला, पहिले बच्चाहरूलाई मम खुवाउनुपरेको अवस्था र महिनाको २, ४ चोटि रेस्टुरेन्ट पुग्थेँ । अहिले फर्मल कार्यक्रममा समेत रेस्टुरेन्टको खाना खान पर्यो भने मन पर्दैन । सानोमा अध्ययन गर्दाको समय पकाएको सबै परिकार मीठो पकाउन सक्छु । तर अहिले खाना बनाउन झर्काे लाग्न थालेको छ ।

प्रकाशित मिति: : 2020-08-15 13:25:20

प्रतिकृया दिनुहोस्