बैंक तथा वित्तीय संस्थाहरूले धमाधम चौथो त्रैमासिक विवरण सार्वजनिक गरिरहेका छन् । अहिलेसम्म १३ वाणिज्य बैंकले गत आर्थिक वर्षकाे चौथो त्रैमासिक विवरण सार्वजनिक गरिसकेका छन् ।
काेराेना महामारी र त्यसपछि उत्पन्न परिस्थितले बैंकहरूलाई असर पुर्याएकाे उनीहरू वित्तीय विवरणले देखाउँछन् ।
सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा ७५ करोड रूपैयाँ घटेकाे छ । योसँगै अन्य ८ बैंकको नाफामा कमी देखिएकाे छ भने ४ बैंक भने नाफा बढाउन सफल भएका छन् ।
अघिल्लो वर्षको तुलनामा ५९ करोड रूपैयाँ नाफा घटे पनि राष्ट्रिय वाणिज्य बैंककाे नाफा अन्य बैंकहरूकाे भन्दा बढी नै छ । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ४५ करोड रूपैयाँ नाफा गरेकाे थियाे ।