महिला बैंकरले डोर्याएको मेगा, भन्छिन, ‘सपनामा पनि बैंककै काममा हुन्छु’

काठमाडौं । व्यवसायमा प्रतिस्पर्धा पर्याय नै हो । खुला अर्थ बजारमा प्रतिस्पर्धाले व्यवसायलाई नयाँ उचाइ दिन अझ सहज हुन्छ । त्यसमाथी बैंकहरुको प्रतिस्पर्धाको एउटा आफ्नै सीमा हुन्छ । प्रतिस्पर्धा अघि नियामकले दिएका निर्देशनहरुको सूची पहिले ख्याल गर्नुपर्छ । नियामकका निर्देशनमा टेकेर कसरी अघि बढ्ने भन्ने नीति आफूले बनाउने हो । आफू संलग्न भएको कम्पनी र व्यवसाय जहिल्यै एक नम्बरमा होस् भन्ने चाहना कसको हुँदैन र ! त्यसमाथी वाणिज्य बैंक । उत्कृष्ट बैंकको सूची कायम गर्नु र त्यसमा टिकिरहनु कम चुनौतिपूर्ण हुँदैन । उत्कृष्टको सूची उक्लिँदै गर्दा पहिलो बन्न नसके दोस्रो नत्र तेस्रो हुँदै ५ वा १० भित्र अटाउन वित्तीय सूचकहरुलाई दरिलो बनाउनुपर्छ ।

प्रकाशित मिति: : 2020-08-14 10:49:32

प्रतिकृया दिनुहोस्