पैसा थुप्रिएपछि घर किन्नेलाई सस्तो ब्याजदरमा ऋण दिन बैंकहरूको प्रतिस्पर्धा

कुन बैंककाे ब्याजदर कति, के के चाहिन्छ कागजात?

सेतोपाटी

काठमाडौं

पैसा थुप्रिएपछि घर किन्नेलाई बैंकबीच सस्तो ब्याजदरको अफर ल्याउने प्रतिस्पर्धा चलेको छ। पर्याप्त तरलता भएकाले पछिल्लो समयमा अधिकांश बैंकको आधार दर घट्दै जाँदा ब्याजदर सस्तिएको नविल बैंककी रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठले जानकारी दिइन्।

‘ग्राहकसँग हामीले लिने ब्याजदर आधार दरमा भर पर्छ, अहिले पर्याप्त तरलता भएकाले आधार दर घट्दै गएको छ, त्यसकारण केही वर्ष नै ब्याजदर नबढ्न सक्छ’ उनले भनिन्।

कोरोनाको प्रभावपछि ठूला उद्योग व्यवसायमा ऋणको पर्याप्त माग हुन सकिरहेको छैन। जसले गर्दा बैंकबाट प्रवाह हुने ऋणमा कमी आएको छ। यसले बैंकमै पैसा थुप्रिएको छ।

अधिकांश बैंकले एक वर्षसम्म ग्राहकसँग ब्याजदर नबढाउने प्रतिवद्धतासमेत जनाएका छन्।

हालै निक्षेपमा ब्याजदर घटाएर बैंकले नयाँ घर, गाडी किन्न सस्तो ब्याजको अफर ल्याउन थालेका हुन्। घर र गाडीमा बैंकबीच सस्तो ब्याजदरमा ऋण दिने प्रतिस्पर्धा नै देखिएको छ।

प्रकाशित मिति: : 2020-08-13 10:44:44

प्रतिकृया दिनुहोस्