भारतका चर्चित कवि राहत इन्दौरीको कोरोनाका कारण निधन

भारतका चर्चित कवि राहत इन्दौरीको कोरोना भाइरसका कारण निधन भएको छ। उनी ७० वर्षका थिए। 

अरबिन्दो अस्पतालका प्रशासनिक अधिकारी राजीव सिंहले यसको पुष्टी गर्दै मंगलबार जानकारी दिए, ‘उहाँलाई तीनपल्ट हर्टअट्याक भएको थियो।’

कवि इन्दौरीका छोरा तथा युवा कवि सतलज राहतले बुवालाई निमोनिया भएको जानकारी दिए। उनले ४ महिना पहिले नियमित जाँचका लागि बुवालाई अस्पाल लैजाँदा निमोनिया पुष्टी भएको बताए। 

इन्दौरीलाई पहिलेदेखि नै मुटुसम्बन्धि रोग थियो। उनी डाइबेटिजका रोगी पनि थिए। डाक्टर रवि डोसीले कवि इन्दौरीको दुबै फोक्सोमा निमोनिया देखिएको बताए। उनलाई स्वास लिन गाह्रो परेपछि आईसीयूमा भर्ना गरिएको थियो। 

१ जनवरी १९५० मा मध्य प्रदेशको इन्दौरमा जन्मिएका इन्दौरीले बलिउडका लागि २२ गीत लेखेका थिए। उनले मुन्ना भाई एमबीबीएस, मिनाक्षी, खुद्दार, नाराज, मर्डर, मिसन काश्मिर, करिब, बेगम जान, घातक, इश्क, जानम, सर, आशिया र मे तेरा आशिक जस्ता फिल्ममा गीत लेखेका थिए।

प्रकाशित मिति: : 2020-08-11 18:32:21

प्रतिकृया दिनुहोस्