रिया चक्रवर्तीलाई पुनः बयानका लागि बोलाइयो, पैसाको छानवीन हुने

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा उनको प्रेमिका रिया चक्रवर्तीलाई रिइन्फोर्समेन्ट एजेन्सी (इडी) ले दोस्रो पल्ट बयानका लागि सोमबार बोलाएको छ। 

यसअघि उनीसँग इडी कार्यालयले ८ घण्टा लगातार सोधपुछ गरेको थियो। रियाका भाई सौविक चक्रवर्तीलाई आज पनि कार्यालयले उपस्थित हुन निर्देशन दिएको छ। उनलाई तेस्रो दिन पनि बोलाइएको छ। 

३१ जुलाईमा सुशान्तको बैक खाताबाट १५ करोड रुपैयाँ निकालको विषयमा रियालगायत ६ जनाविरूद्ध मुद्धा दर्ता छ। रियाका भाई सौविक अन्य कम्पनी निर्माण गर्ने कुरामा सुशान्तको सक्रिय सहयोगी थिए। 

सुशान्तको मुद्धामा रियाका चार्टर्ड अकाउन्टेन्ट रितेश शाहसँग पनि सोधपुछ भएको छ। इडी कार्यालयले सुशान्तसँग जोडिएको आर्थिक लेनदेनको मामिलामा इनकम ट्याक्ससँग ५ वर्षको रेकर्ड माग गरेको छ। 

सुशान्तको परिवारले छोराको हत्यामा रिया तथा उनको परिवार संलग्न रहेको आरोप लगाउँदै आइरहेको छ।

प्रकाशित मिति: : 2020-08-10 13:15:28

प्रतिकृया दिनुहोस्