अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरण अब भारतमा मात्र नभएर अमेरिकामा पनि पुगेको छ। अमेरिकामा उनको समर्थकहरूले सुशान्तका लागि न्यायको अभियान सुरु गरेका छन्।
अमेरिकाको क्यालिफोर्निया राज्यमा सुशान्तको डिजिटल होडिङ बोर्ड नै लागेको छ र त्यहाँ लेखिएको छ, ‘ह्यासट्याग जस्टिस फर सुशान्त सिंह राजपूत’। सुशान्तकी बहिनी श्वेता सिंह कीर्तिले अमेरिकाको बिलबोर्डमा राखिएको यो तस्वीरलाई सोशल मिडियामा सार्वजनिक गरेकी छिन्।
बलिउडको उदयमान अभिनेता मानिएका सुशान्त सिंह राजपूत जुलाई १४ मा मुम्बईस्थित आफ्नो घरमा मृत अवस्थामा भेटिएका थिए।
मुम्बई प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनले फाँसी लागेर आत्महत्या गरेको बताउँदै आएको छ। तर, मुम्बई प्रहरीको यो भनाई कसैले पत्याएका छैनन्।
सुशान्तका बुवाकै अनुरोधमा अहिले उनको मुद्धा बिहार प्रहरी हुँदै सीबीआईसम्म पुगेको छ। सुशान्तका बुवाले छोराको आत्महत्या प्रकरणमा उनको प्रेमिका रिया चकवर्तीको ठूलो हात भएको आरोप लगाएका छन्।