मध्यपूर्वमा दुईदेखि तीन लाख नेपालीले रोजगारी गुमाउँदै

गोरखापत्र

काठमाडौं

खाडी मुलुक अर्थात् मध्यपूर्वमा १५ लाखको हाराहारीमा नेपाली कार्यरत रहेको बताइन्छ । विश्वका अन्य मुलुकसँगै खाडीका मुलुकहरूमा पनि कोरोनाले असर गरेको छ । विश्वको अर्थतन्त्रमा नै ठूलो हलचल ल्याउने आकलन गर्न थालिएको छ । विदेशी मुलुकमा कार्यरत नेपालीमा पनि दीर्घकालीन असर पार्ने बताइन्छ । यस्तै धेरै नेपाली रहेको खाडी मुलुक पनि कोरोना सङ्क्रमणबाट अछुतो रहन सकेका छैनन् ।
खाडीका मुलुकहरूमा नेपालीको पछिल्लो अवस्था कस्तो छ र अगामी दिनमा नेपालीहरूको रोजगारीको अवस्था कस्तो रहला ? लगायत समसामयिक विषयमा केन्द्रित रहेर गोरखापत्र अनलाइनका लागि मुकुन्द गैरेले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मध्यपूर्वका उप–संयोजक राजेन्द्र अर्याल (जोन) सँग गर्नुभएको विशेष अन्तर्वार्ताको सम्पादित अंश ।

पछिल्लो समय खाडीलगायत मध्यपूर्वको पछिल्लो अवस्था के छ ? कोरोनाको कारण त्यहाँ रहेका नेपालीहरूले के–कस्ता समस्या भोग्नुपरेको अवस्था छ ?

पहिलो कुरा कोरोना महामारीको रोकथामको लागि मध्यपूर्वका सबै सरकार र यहाँका संयन्त्रहरू निरन्तर क्रियाशील रहेका छन् । तर कोरोना नियन्त्रण भने हुन सकेको छैन । विश्वको विकसित देश लण्डनमा कोरोनाका कारण मृत्युदर १५.२५ पुग्दा मध्यपूर्वमा ओमनबाहेक अन्यमा सबैभन्दा अधिक साउदी अरबमा १.०६५ र सबैभन्दा कम कतारमा ०.२ ५ रहेको अवस्था छ ।
यस बीचमा कतिपय कम्पनीहरू बन्द भएका छन् । खासगरी सप्लाई कम्पनीहरू बढी प्रभावित भएका छन् । धेरै कम्पनीहरूले आवासीय अनुमति (अकामा) पनि नबनाएको, नवीकरण नगरेकोले थप पीडा दिएको छ । खाने बस्ने समस्या छ । आफैँ टिकट काटेर घर फर्किन्छु भन्दा पनि बहिर्गमन भिसाको समस्या छ । कतिपय आममाफीको तवरमा पाइने एक्जिट भिसाको पर्खाइमा रहेका छन् । महङ्गो चार्टर्ड विमान चढ्न घरबाट ऋण गरेर पैसा मगाइरहेको अवस्था पनि एकातिर छँदैछ ।

प्रकाशित मिति: : 2020-08-07 15:30:37

प्रतिकृया दिनुहोस्