कोरोनाले भताभुंग बनाइदिएको रामनारायणको सपना

नेपाल लाइभ

काठमाडौं

निर्मला घिमिरे

आकाशे रंगको पुरानो सर्ट। हाफ कट्टु। खुट्टामा चप्पल। अनुहारमा मास्क। बबरमहलमा फलामको रड उचाल्दै गरेका भेटिए सिन्धुलीका रामनारायण धामी। लकडाउनपछि उनले काम पाएको ४ दिनमात्रै भयो। काम सुरु गरेकै दिनदेखि खोकी लागेपछि मास्क लगाएरै खटिएका छन् उनी। 

धामी केही महिना अगाडिसम्म साउदीमा काम गर्थे।  काम राम्रै थियो। घरपरिवारको यादमा उनी बिदा मिलाएर गत पुस १६ गते साउदीबाट नेपाल आए।

उनी फर्किएको केही समयपछि विश्वभरि नै कोरोना महामारी सुरु भयो, जसका कारण उनी साउदी फर्कन पाएनन्। काम पनि गुम्यो। 

‘के गर्नु, कम्पनीले भिसा थपिदिएको भए त जान पाउथेँ। कम्पनीले बोलाउँदै बोलाएन,’ रड उचाल्दै सानो स्वरमा रामनारायणले भने। 
अब वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिएर जाने बाटो खुले पनि उनको उमेरले डाँडो काटिसकेको छ। 

‘विदेश जान उमेरले डाँडो काट्यो। देशमा काम पाउन मान्छे चिनेको हुनुपर्ने। के गर्नु हजुर गाह्रो पो छ त। धन्न साथीहरुले ठेकेदार चिनेको भएर यहीँ लेवर काम पाइहालें,’ ४९ वर्षीय रामनारायणले सुनाए।  

विदेशबाट फर्किएर जेठा छोराको विवाह गर्दा उनले कमाएर ल्याएको थोरै रकम त्यसमै खर्च भयो। केही बचेको रकम पनि लकडाउनमा ४ महिना घर बसेर खाँदा सकियो। 

प्रकाशित मिति: : 2020-08-07 11:26:23

प्रतिकृया दिनुहोस्