पर्सा र बाराका थप १ सय ३३ जनामा कोरोना संक्रमण

पर्सा र बाराका थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा मंगलबार ४ सय ८८ वटा नमुना परीक्षण गर्दा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए।

तीमध्ये वीरगञ्ज कारागारका ३२ र सिमरा क्वारेन्टाइनका १७ जना रहेका छन्।

 यता गण्डक हस्पिटलमा भर्ना भएका दुई जनामा पनि कोरोना संक्रमण देखिएको छ। उनीहरु ज्वरो आएर भर्न भएका थिए।

यस्तै वीरगञ्ज चिनी मिलमा गरिएको परीक्षणमा ५ जना र त्रिजुद्ध स्कुलमा गरिएको मास टेष्टिङ र कन्ट्याक्ट ट्रेसिङमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको सुपरीटेन्डेन्ड डा उपाध्यायले जानकारी दिए।

प्रकाशित मिति: : 2020-08-05 15:48:15

प्रतिकृया दिनुहोस्