‘म उद्यमी’ अभियान : अब घरमै बनेका सामान सजिलोसँग किन्नुहोस् अनलाइनमा

कोरोना महामारीले मान्छेको जीवनशैलीलाई अस्तव्यस्थ पार्‍याे। व्यापार व्यवसाय ठप्प हुँदा आम्दानीका सबै स्रोत बन्द भए।

यो महामारीका कारण अझ त्यस्ता व्यवसाय मर्कामा परे जसले सानो लगानीमा घर मै सामान उत्पादन गरेर गुजारा चलाउँदै आएका थिए। तीन महिनाको लामो लकडाउनले घरमै बनेका अचार लगायतका खानाका परिवाकारहरु बिग्रन थाले।

कुटिर, साना तथा मझौला उद्योग चलाइरहेका महिलाहरु थप पीडामा परे। महिला उद्यमीहरुका यी र यस्ता समस्यालाई केही भए पनि सहयोग मिलोस् भनेर ‘म उद्यमी’ अर्थात महिला उद्यमी अभियान सुरु गरिएको छ।

नेपाल महिला उद्यमी महासंघ (एफवीन)को अगुवाइमा ई–कमर्स प्लेटफर्म ठूलो डट कम र इमर्जले उक्त अभियान चलाएका हुन्। जसलाई यूएसएडको ‘तयार नेपाल’ले सहयोग गरेको छ।

  उद्यमी महिलाले घरमै तयार गरेका अचार, गुन्द्रुक र स्यानिटाइजर


जहाँ ठूलो डट कमले आफ्नो प्लेटफर्ममार्फत १७ जना माहिला उद्यमीले घर मै हातले बनाइएका सामानहरुलाई उपभोक्ता माझ ल्याएको छ।

ती महिलाहरु जो अनलाइनबाट सामान बेच्न सकिन्छ भन्ने ज्ञान थिएन। भएकाले पनि अनलाइनको पहुँच पाउन सक्दैनथे। उनीहरुलाई अनलाइनबाट पनि सामान बेच्न सकिन्छ भन्ने आइडिया समेत थिएन।

प्रकाशित मिति: : 2020-08-01 23:36:29

प्रतिकृया दिनुहोस्