जसपाको राम्रो छैन राजयाेग, २०८० पछि रहने छैन पार्टीको अस्तित्व !

पार्टीको भाग्य भविष्य हेर्न ज्योतिषीकहाँ पुग्यो जसपा

रातोपाटी

काठमाडौं

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको छ । हाल यो दल देशकै तेस्रो प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भएको छ ।

वैशाख १० गते मध्यरात दुई पार्टी बीच एकता भएको घोषणा भएको थियो । दुई पार्टीबीच एकीकरण भइ बनेको जसपा नेपालले निर्वाचन आयोगबाट साउन २८ गते एकीकृत दलका रुपमा प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ । 

पछिल्लो चरणमा समाजवादी र राजपा नेपालबीच एकीकरण भई जसपा नेपाल गठन भए पनि त्यसअघि कयौं दलहरुबीच एकताका चरण पार गर्दै यो अवस्थासम्म पार्टी आइपुगेको हो ।

त्यसैले पनि आगामी दिनमा पार्टीको भविष्य कस्तो हुन्छ, सरकारमा जाने सम्भावना कति छ, संगठन कस्तो हुन्छ, निर्वाचनमा पार्टीको अवस्था कस्तो हुन्छ लगायतका विषयलाई ज्योतिषशास्त्रअनुसार विश्लेषण गर्न जसपाका केही नेताले ज्योतिष लगाएर पार्टीको चिना बनाएका छन् ।

प्रकाशित मिति: : 2020-08-01 23:27:29

प्रतिकृया दिनुहोस्