एकैदिन ६ आफन्तको मलामी जानुपर्‍यो, अर्को दिन उनी गाँवै छोडेर हिँडे

सेतोपाटी

काठमाडौं

सविता बुढा

५० वर्षीय गोरख जेठारा अघिल्लो दिन ६ जना आफन्तको मलामी गए। अर्को दिन उनले गाउँ नै छाडिदिए।

असार १९ गते राति आएको पहिरोले बझाङको केदारस्युँ गाउँपालिका-८ मा रहेको उनको घरखेत सबै बगाइदियो।

आगनसँगै जोडिएको आफन्तका घरमा सुतिरहेका ६ जनाको पहिरोमा पुरिएर ज्यान गयो। गाउँकै एक जना अझै बेपत्ता छन्।

अघिल्लो दिन सबै गाउँले आ-आफ्नै काम गरि फर्केका थिए। बेलुकाको खाना खाएर सुतेका थिए।

त्यो रात बाहिर पानी परिरहेको थियो।

दुई छोरी, दुई छोरा र श्रीमतीसहित गोरखको छ जनाको परिवार माटोको गाह्रोले चिनेर ढुंगाले बनेको घरको पाणमा सुतिरहेको थियो। बीचको तलामा रासन र सामान राखिएको थियो। भुइँतलाको गोठमा दुई गाई, एक भैंसी र दुई हल गोरु थिए।

‘राति साढे १२ बजेतिर ठूलो आवाज आएर म ब्युझेँ,’ गोरखले भने।

सुरूमा त उनलाई भूकम्प आएजस्तो लाग्यो।

प्रकाशित मिति: : 2020-07-31 17:10:50

प्रतिकृया दिनुहोस्