वीरगञ्जकी ३१ वर्षीया काेराेना संक्रमित महिलाले जन्माइन् छाेरा

वीरगञ्जमा एक कोरोना भाइरस संक्रमित महिलाको सफल डेलिभरी भएको छ।

वीरगञ्ज १ छपकैया बस्ने ३१ वर्षीया गर्भवतीको चिकित्सकको सहयोगमा गण्डक कोभिड अस्पतालमा बिहान ४ बजे नर्मल डेलिभरी भएको अस्पतालका संयोजक डा‍. उदयनारायण सिहले बिएल नेपाली सेवालाई जानकारी दिए। 

‘उहाँले ३ किलो तौलको छोरा जन्माउनु भएको छ,’ उनले भने, ‘अहिले आमाछोरोको स्वास्थ्य अवस्था सामान्य नै छ।’ 

संयोजक डा.सिहका अनुसार गत साउन ७ गते ज्वरो आएपछि चेकजाँचका लागि ती गर्भवतीमा नारायणी अस्पताल पुगेकी थिइन् । 

त्यसपछि उनको स्वास्थ्य अवस्था कमजोर भएसँगै साउन १४ गते प्रभु अस्पतालमा डा. लक्ष्मी थापासँग चेकजाँच गराउन जाँदा उनलाई पीसीआर परीक्षण गराएर आउनु भन्दै फर्काइएको थियो।

बिहीबार सुत्केरी व्यथाले च्यापेपछि उनलाई डेलिभरी गराउन नेशनल मेडिकल कलेजको प्रसुती वार्डमा भर्ना गरिएको थियो।

सोही बेला राति साढे ११ बजे उनको पीसीआर रिपोर्ट पोजेटिभ आउदा ट्रयाकिङ गरि सुरक्षाकर्मीकै गाडीमा कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

‘दक्ष जनशक्ति महिला स्वास्थ्यकर्मीबाट उहाँको डेलिभरी गराउन सफल भएका छौँ,’ डा. सिंहले भने।

प्रकाशित मिति: : 2020-07-31 09:33:28

प्रतिकृया दिनुहोस्