कल्भर्टमा डुबेर एक व्यक्तिको मृत्यु

सिराहामा एकजना व्यक्तिको कल्भर्टमा डुबेर मृत्यु भएको छ।

सिराहा नगरपालिका-१० स्थित पदमपुरबाट नरैया जाने भित्रि सडकखण्डको कल्भर्टमा डुबेर सोही वडाका झगरु मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

५० वर्षीय मुखियाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए।

प्रकाशित मिति: : 2020-07-30 13:12:21

प्रतिकृया दिनुहोस्