बलिउडका महानायक अमिताभ बच्चन र छोरा अभिषेक बच्चनको कोरोना संक्रमणको रिर्पाट नेगेटिभ आएको केही दिनपछि नै ऐश्वर्या राय र उनको छोरी आराध्याको रिपोर्ट पनि नेगेटिभ आएको छ।
अमिताभको बुहारी ऐश्वर्या र नातिनी आराध्याको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको छ।
उनीहरु ननावटी अस्पतालमा उपचारार्थ थिए। आफ्नो श्रीमती र छोरी पनि कोरोनाको संक्रमणबाट मुक्त भएपछि अभिषेकले ट्वीट गरेका छन्, ‘तपाईंहरूको आर्शिवादका लागि धन्यवाद। सधैको ऋणी रहने छु।’
उनीहरू पनि अब घरमै बसेर थप स्वास्थ्य लाभ गर्ने बताइएको छ। ‘म र मेरो बुवा अस्पतालमै बसेर स्वास्थ्य लाभ गर्नेछौं,’ उनले भने।
४६ वर्षीय ऐश्वर्या र ८ वर्षीय आराध्यालाई १२ जुलाईमा कोरोना संक्रमण देखिएको थियो। उनीहरू ११ दिन अस्पतालमा बसेका थिए।
अमिताभ र अभिषेक १७ दिनदेखि अस्पतालमा छन्। ७७ वर्षीय अमिताभ र ४४ वर्षीय अभिषेकलाई ११ जुलाईमा कोरोना देखिएको थियो।