सेनाका लागि अमेरिकाबाट १० हजार राइफल खरिद : एलसी रद्द गरेर टिटीबाट पैसा पठाउँदै सरकार, सम्पूर्ण रकम अग्रिम भुक्तानी गर्न कार्यविधि नै फेरियो

सम्पूर्ण रकम अग्रिम भुक्तानी गर्न मिल्दैन भनेर राष्ट्र बैंकले अस्वीकार गर्‍यो, तर मन्त्रिपरिषद्ले कार्यविधि नै परिवर्तन गर्‍यो । आधिकारिक दस्ताबेजविना एक अर्ब रुपैयाँ टिटीबाट पठाउन मिल्दैन भनेर राष्ट्र बैंकले फेरि अस्वीकार गर्‍यो, मिल्छ भनेर मन्त्रिपरिषद्ले निर्णय गरिदियो ।

-प्रतीत–पत्र (एलसी) मा बैंक ग्यारेन्टी बस्छ, सामान सलामत प्राप्त भएपछि मात्र बैंकमार्फत भुक्तानी हुन्छ । तर, सेनाले सम्पूर्ण एक अर्ब रुपैयाँ टिटीमार्पmत अग्रिम भुक्तानी गर्दै छ । 

-सम्पूर्ण रकम अग्रिम भुक्तानी गर्न नमिल्ने भनेर राष्ट्र बैंकले अस्वीकार गर्‍यो । तर, सेनाले मन्त्रिपरिषद्ममार्फत सुरक्षा, सामरिक र प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि नै परिवर्तन गराइदियो । 

-गभर्मेन्ट टु गभर्मेन्ट (जिटुजी) प्रक्रियाबाट खरिद हुन थालेकोले भ्रष्टाचार नहुने रक्षा स्रोतको भनाइ छ । फ्रान्सबाट पनि सेक्युरिटी प्रेस जिटुजी प्रक्रियाबाट खरिद गर्न थालिएको थियो । तर, कमिसनका लागि भएको संवादको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा गरे । 

-भारतमा पनि स्विडेनको वोफोर्स, इटलीको अगस्टा भ्यास्लेन्डमा भ्रष्टाचार भएको मुद्दा अदालतसम्म पुगेको थियो । त्यस्तै फ्रान्सको सरकारी राफेलसँग भएको सम्झौतामा भ्रष्टाचार भएको भनेर मोदीविरुद्ध आन्दोलन नै भएको थियो । यी सबै खरिद जिटुजी प्रक्रियाबाटै भएका थिए । 

...........

महामारीका वेला पर्याप्त किट किन्न नसकेर जनताको स्वास्थ्य निजी अस्पताललाई जिम्मा दिएको सरकारले सेनाका लागि १० हजार राइफल ल्याउन लागेको छ । अझ, हतियार खरिदबापत अमेरिका पठाउन लागिएको एक अर्ब रुपैयाँ एलसी प्रक्रियामार्फत होइन, सीधै टिटीबाट पठाउने तयारी भएको छ । 

हतियारको पैसा अमेरिकाको डिफेन्स फाइनान्स एन्ड एकाउन्टिङ सर्भिस (डिएफएएस)लाई पठाउन थालिएको छ । सरकारले ८० लाख ९९ हजार सात सय ६८ अमेरिकी डलर अर्थात् ९७ करोड १३ लाख रुपैयाँ एकमुष्ट अग्रिम रूपमा पठाउन नियमावलीसमेत परिवर्तन गरेको छ । 

प्रकाशित मिति: : 2020-07-26 08:06:17

प्रतिकृया दिनुहोस्