शम्भु दंगाल
यादव नेपाल कहिलेकाहीँ कोटेश्वरबाट सातदोबाटोसम्म सार्वजनिक बसमा यात्रा गर्छन् । लकडाउन पहिले १५ रुपैयाँ भाडा लिने बसले अहिले ३० रुपैयाँ लिन थालेका छन् । सरकारले सामाजिक दूरी कायम गरी बसमा यात्री राख्न र पहिलेको भाडाअनुसार ५० प्रतिशत बढी लिन सहमति दिएको थियो । त्यसअनुसार बसले १५ रुपैयाँ भाडामा ५० प्रतिशत बढाउँदा साढे २२ रुपैयाँ भाडा लिनुपथ्र्यो ।
विकास मगर लतिपुरको एकान्तकुनाबाट खरिबोटसम्म बसमा यात्रा गर्ने गर्छन् । उनले १५ रुपैयाँ भाडा तिर्ने गरेकोमा अहिले ३० रुपैयाँ तिर्नुपरेको बताए । भाडा ठ्याक्कै दोब्बर भएको उनको गुनासो थियो ।
रमेश विष्ट पहिले विद्यार्थी परिचयपत्र देखाएर १० रुपैयाँमा छोटो दूरीको यात्रा गर्थे । तर अहिले उनले ३० रुपैयाँ तिर्ने गरेका छन् । उनले भने– ‘कसैले ३० रुपैयाँ कसैले २५ रुपैयाँ लिने गरेका छन् । भाडा पहिलेको भन्दा चर्को भयो ।’